image
image

महानायक राजेश हमाल बेलायतमा, यी कार्यक्रमा सहभागि हुने


काठमाडौ, १७ भदौ । अभिनेता तथा महानायक राजेश हमाल बेलायत पुगेका छन् । विदेशमा रहेका नेपालीहरुसंग अन्तरक्रिया गर्न र नेपालीहरुको कथा सुन्न उनी बेलायत गएका हुन् । शनिबार राति लण्डन पुगेका हमाल एक महिना बेलायतमा रहने छन् ।

उनले बेलायत वसाइका क्रममा विभिन्न ठाउँमा फरक पेशा व्यवसायमा संलग्न नेपालीहरुलाई भेट्नेछन् र उनीहरुको कथा सुन्नेछन् । हमालले बेलायतमा रहेका धेरै नेपालीहरुलाई उनीहरुको कार्यक्षेत्रमै गएर भेट्ने र उनीहरुको भोगाइ तथा अनुभवबारे बुझ्ने प्रयास गर्नेछन् ।

महानायक हमाल केही च्यारिटी कार्यक्रममा समेत सहभागि हुने छन् । लगत्तै यही शिलशिलामा उनी युरोपका विभिन्न देशहरु पनि पुग्नेछन् । विदेशमा रहेका नेपालीहरुको कथा सुन्ने र विशेष टेलिभिजन सिरिज ल्याउने उद्घोष गरेका अभिनेता हमालले सोही अभियानको प्रारम्भिक चरणमा बेलायत र यूरोपका विभिन्न देशहरुको भ्रमण गर्न लागेका हुन् ।

उनले विदेशमा बसेर विभिन्न क्षेत्रमा राम्रो सफलता पाएका नेपालीहरुको कथा आम नेपालीमाझ ल्याउनु आवश्यक रहेको र उनीहरुको सकारात्मक कथा धेरैका लागि प्रेरणादायी हुने बताएका छन् । त्यतिमात्रै नभएर उनीहरुसँग भएको अनुभव र दक्षतालाई नेपालसँग जोड्नुपर्ने र त्यसबाट देशले कसरी फाइदा लिने भन्नेतर्फ सोच्नुपर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।