image
image

माओवादीको नेतृत्वमा मात्रै संमृद नेपाल सम्भव छ :  प्रधानमन्त्री दाहाल


काठमाडौं, १६ भदौ । आफ्नो पार्टीले गरेको गल्तिलाई सुधारेर आत्मआलोचनासहित आजबाट रुपान्तरण अभियानमार्फत् जनतामाझ गएको प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

आज बिहान जनतासँग माओवादीः विषेश रुपान्तरण अभियानको पार्टी केन्द्रीय कार्यालयबाट उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाली समाजको परिवर्तका लागि पार्टीले गरेको संघर्ष र नेतृत्वको चर्चा गर्दै पार्टीले बाटो विराएकाप्रति आजबाट आत्मआलोचना गरेर जनतामाझ गएको बताए । उनले आफूहरु सुध्रिन चाहेको कुरा जनतालाई बताएरै माफि माग्न आग्रह गरे ।

उनले भने, ‘हामीले जनतालाई विस्वास दिलाउनु पर्दछ, नेपाली समाजको परिवर्तन र रुपान्तरण माओवादीले नै गर्न सक्दछ । माओवादीकै नेतृत्वमा मात्रै संमृद नेपाल सम्भव छ । कमरेडहरु जनतासँग हामीले भन्न सक्नुपर्छ हाम्रा गल्ति कमजोरीका लागि हामी आत्माआलोचित हुन चाहान्छौ । हामी सुध्रिन चाहान्छौ । त्यसका लागि अभियानसहित तपाइँहरुको घरदैलोमा छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।