image
image

सन्दीपले रिजवानलाई कसरी स्पिनमा नचाउँछन् होला, हेर्न कौतुहलता छ : बालेन साह

काठमाडौ, १३ भदौ । काठमाडौं महानगरपालिकाको मेयर बालेन साहले एसिया कप क्रिकेटमा नेपाली टोलीलाई पाकिस्तानसँगको म्याचमा जितका लागि शुभकामना दिएका छन् । आज सामाजिक सञ्जाल मार्फत मेयर साहले सन्दीपले रिजवानलाई कसरी स्पिनमा नचाउँछन् होलान् ! यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधै मनमा रहन्थ्यो । यो सपना आज केही समयमा पूरा हुँदै छ । भन्दै शुभकामना दिएका हुन् ।

टिभीमा सोएब अख्तर, शाहीद अफरिदी, बाबर आजम, शाहीन अफरिदीहरुको खेल हेरेर रमाइन्थ्यो । विश्वकप विजेताहरुको देश र वरियतामा उपल्लो क्रममा रहेका खेलाडी भएको टिमले सँधै रोमाञ्चकता दिन्थ्यो ।

सोचिन्थ्यो, नेपाली टोलीले पनि यिनै खेलाडीहरु खेल्दा कस्तो हुन्थ्यो ! अफरिदीको योर्करलाई भुर्तेलले कसरी सामना गर्थे होलान् ! सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइभ हान्छन् होला ! सन्दीपले रिजवानलाई कसरी स्पिनमा नचाउँछ होलान् ! यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधै मनमा रहन्थ्यो । यो सपना आज केही समयमा पूरा हुँदै छ । नेपाली सबैलाई गर्व गर्ने ठाउमा पुर्याउने सम्पूर्ण टोलीलाई हार्दिक बधाई अनि खेलको लागि सम्पूर्ण नेपालीलाई शुभकामना । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।