image
image

एमाले शीर्ष नेता सवार विमानमा समस्या, काठमाडौं फिर्ता

 

काठमाडौ, १३ भदौ । एमाले शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाजमा समस्या आएपछि जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौं फिर्ता भएका छन् । सिरहामा आजका लागि तय गरिएको सचिवालय बैठकमा सहभागी हुन जनकपुर जानेक्रममा विमानमा समस्या आएपछि काठमाडौं फर्केका एमाले नेताहरू अहिले अर्को विमानबाट त्यसतर्फ जाँदैछन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरा बुद्ध एयरको विमानमा जनकपुर जाँदै थिए ।

‘हामी पार्टीको सिराहामा बस्ने सचिवालय बैठकमा सहभागि हुन जनकपुर हुँदै त्यसतर्फ जाँदै थियौं । जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि परिचारिकाले केही प्राविधिक समस्याका कारण जनकपुर ओर्लन नसक्ने जानकारी गराउनु भयो,’ एमाले उपाध्यक्ष नेम्वाङले भने,‘त्यसपछि हामी काठमाडौं उत्रिएर अहिले अर्को विमानबाट त्यसतर्फ जाँदैछौं । विमान चढिसक्यौं ।’

बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विराटनगरबाट सिरहा जानेछन् भने अरु नेताहरु काठमाडौंबाट त्यसतर्फ जाँदै थिए एमाले सचिवालय बैठक अहिले साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।