image
image

सरकारले इन्जिनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्नुपर्छ : सांसद खान

 

काठमाडौं, १२ भदौ । जनमत पार्टीका सांसद अब्दुल खानले सरकारले इन्जिनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले सरकारले तिरिरहेको भन्दा तीन गुना बढि शुल्क भएर पढ्ने समयमा विद्यार्थीहरु आन्दोलन गर्न बाध्य भएका भन्दै शुल्क फिर्ता गर्न माग गरेका हुन् ।

उनले भने, ‘देशमा ईन्जिनियर विद्यार्थीहरुको शुल्क तिरिरहेको भन्दा तीन गुणाबढी गरिएको हुनाले विद्यार्थीहरु आन्दोलन गर्न बाध्य छन् । यस्तो अवस्थामा देशको भबिश्य के हुन्छ ? पढ्ने समयमा विद्यार्थीहरु आन्दोलन गर्न बाध्य छन् । यस्तो बेला देशको नेताहरुले भविश्यको योजना कसरी बनाउनु हुन्छ त्यसैले चाँडो यस्को समाधान गर्न माग गर्दछु । ’उनले कम्यूटर शिक्षाको लागि करारमा मात्र राख्ने गरेको भन्दै दरबन्दीमा राख्न समेत माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।