image
image

एमसीसी दस्तावेज के कारणले लुकाइयो ?–झलनाथ खनाल


काठमाडौ, ११ भदौ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीको दस्तावेज लुकाइएको आरोप लगाएका छन् । सोमबार एमसीसी कार्यान्वयनविरुद्धको वृहत् अन्तरक्रिया कार्यक्रममा सत्तारुढ नेकपा एसका सम्मानित नेता खनालले यदि इमान्दारीपूर्वक सम्झौता गरिएको भए दस्ताबेज लुकाउन आवश्यक नभएको बताएका छन् ।

उनले सम्झौता देशको हितमा र राष्ट्रको हितमा गरिएको भए दस्तावेज खुल्लारुपमा राख्नु पर्ने भन्दै दालमा केही कालो छ भन्ने यसैबाट प्रष्ट भएको बताए । उनले भने ‘ यदि इमानदारीपूर्वक गरिएको थियो,देशको हितमा गरिएको थियो,राष्ट्रको हितमा गरिएको थियो भने दस्तावेज लुकाउनु पर्ने के जरुरत थियो त्यहाँ रु के कारणले लुकाईयो ? दालमा कालो छ भन्ने कुरा यही बाट थाहा हुन्छ । ’

पूर्व प्रधानमन्त्री खनालले एमसीसी मात्र नभई एसपीसी समेत आएको तर जनताको आँखामा धुलो छर्ने काम भएको बताए । एमसीसीको बारेमा आफुले कुरा उठाउदा संसदमा समेत सांसदहरु आफुविरुद्ध कुर्लिने काम गरेको खनालको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।