image
image
सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

 

काठमाडौं, ११ भदौ । एसिया कप खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछाने पाकिस्तानतर्फ प्रस्थान गरेका छन् । सोमबार बिहान ११ः२० बजे कतार एयरवेजको फ्लाइटमार्फत सन्दीप पाकिस्तान प्रस्थान गरेका हुन् ।

एसिया कप–२०२३ का लागि पाकिस्थान प्रस्थान गरेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा बिदाइ गरिएको थियो ।

पाकिस्तानतर्फ प्रस्थान गरेपछि सामाजिक सञ्जाल फेसबुकमा सन्दीपले लेखेका छन्, ‘पाकिस्तानतर्फ लागेँ । यसअघि पाकिस्तानमा हुँदाका अद्भुत सम्झना छन् । एसिया कपका लागि उत्साहित र उत्सुक छु । नेपाल खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ सरलाई विशेष धन्यवाद । शुभकामना दिनुहुने सम्पूर्णमा धेरै माया ।’


गत मंगलबार नै नेपाली टिमका अन्य खेलाडी एसिया कपका लागि पाकिस्तान गइसकेका छन् । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग १३ भदौ र भारतसँग १८ भदौमा खेल्ने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।