image
image

वंशजको आधारमा नेपाली नागरिकता पाउनु पर्छ : ब्रिटिश गोर्खा


काठमाडौं, १० भदौ । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानले वंशजको आधारमा नेपाली नागरिकता पाउनु पर्ने माग गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मलेन गर्दै उनीहरुले जीविकोपार्जनको लागि पनि आधारभूत सुविधाहरुको उपभोग गर्नु पर्ने बाध्यताको कारण बेलायती अंगीकृत नागरिकता लिनु परेको भन्दै नेपाली नागरिकताको माग गरेका हुन् । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानका संयोजक सुन बहादुर तामाङले वशंजको नेपाली नागरिकता लिन सक्ने व्यवस्था संविधान संशोधन मार्फत सुनिश्चित गरी दिन आग्रह गरेका छन् । 

‘गोर्खाका नेपाल बाहिर जन्मेका सन्ततिहरुले स्वतः वशंजको नेपाली नागरिकता लिन सक्ने व्यवस्था संविधान संशोधनमार्फत सुनिश्चित गरी दिनु हुन नेपाल सरकार तथा सम्मानित व्यवस्थापिका संसद समक्ष, सम्पूर्ण यूके, हड्कङमा रहेका गोर्खाहरुको प्रतिनिधित्व गर्दै “ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान समिति–युके÷नेपाल“ विनम्र अनुरोध गर्दछ ।’वंशजको नेपाली नागरिकता कायम नरहेमा २२००० भु. पू गोरखाहरुले पेन्सन वापत प्रतिवर्ष प्राप्त गरिरहेको २० अर्ब रकमसमेत बेलायत पलायन हुने उनको भनाई छ । 

त्याग र बलिदानको कदर स्वरूप नेपाल सरकार कै सहमतिमा बेलायत बसोवासको लागि आवासीय अधिकार दिएको कारण गोरखाहरुको बेलायतमा अधिकारिक बसोवास शुरु भएको उनिहरुको भनाई छ  । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।