image
image

दलीय भागवन्डा, कुन समिति सभापति कसको भागमा ?

काठमाडौं, १० भदौ। प्रतिनिधिसभा अन्तर्गतका दश विषयगत समिति सभापतिका लागि बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दिने समय तोकिएको छ । प्रमुख राजनीतिक दलहरूले समितिका सभापतिहरूमा यसअघि नै भागबन्डा गरिसकेका छन् । प्रमुख दलहरुबीच भएको सहमति अनुसार संसदको ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका तीनसहित ४ र प्रमुख प्रतिपक्षी एमालेले संघीय संसदमा रहेका ३ विषयगत समितिको नेतृत्व पाउने छन् ।

त्यस्तै, सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले २, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमत पार्टीले एक÷एक समितिको नेतृत्व गर्ने सहमति गरेका छन् । जसअनुसार कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति, अर्थ समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिका लागि उम्मेदवारी दिनेछ ।

त्यस्तै, एमालेले सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक मामिला समिति सभापतिका लागि उम्मेदवारी दिनेछ । माओवादी केन्द्रले कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको नेतृत्व गर्ने छ । एकीकृत समाजवादीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, जनता समाजवादी पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र जनमत पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति पाएका छन् ।

सहमतिमा प्रमुख दलहरु कायमै रहे उनीहरूले आज सोही अनुसार उम्मेदवारी दिने छन् । भोलि दिउँसो ३ बजे सभापतिको निर्वाचन हुने संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि समिति सभापतिमा दलहरुबीच सहमति भएपछि चुनाव हुन लागेको हो ।तर, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका अन्य साना दल प्रमुख दलबीच भएको सहमतिप्रति असन्तुष्ट छन् । उनीहरूले छुट्टै उम्मेदवारी दिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।