image
image

फिल्म ‘उपहार द जर्नी अफ लाइफ’ को शुभारम्भ


काठमाडौ, ७ भदौ ।  रेखा फिल्म्स र कपनगढ़ी सिनेमाको तर्फबाट निर्माण हुने नेपाली फिल्म  ‘उपहार द जर्नी अफ लाइफ’ को शुभारम्भ भएको छ । आजपशुपतिनाथमा पूजा गरेर फिल्म ‘उपहार द जर्नी अफ लाइफ’ को शुभारम्भ गरिएको हो । यो लभस्टोरी र सोसल ड्रामामा आधारित रहेर रेखा फिल्म्स र कपनगढी ब्यानरमा निर्माण हुँदै छ ।   

उपहारको भदौ ११ गतेबाट औपचारिक छायांकन सुरु हुनेछ । फिल्मको शीर्ष भूमिकामा रेखा र पूजा शर्मा रहेका छन् । निर्देशक ज्ञनेन्द्र देउजाले निर्देशन गर्ने चलचित्रमा रेखा थापा, बेनिशा हमाल, पुजा शर्मा, मुकुन भुसाल, तेज गिरि, समर्पण जंग कार्की, शिशिर राना, अंशु थापालगायतको मुख्य भूमिका रहने छ ।  

चलचित्रमा अर्जुन पोख्रेल र बाबुल गिरिको संगीत कविराज गहतराजको नृत्य निर्देशन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, देव गुरुङको सम्पादन, ईश्वर  घिमिरेको प्रोडक्सन, बिष्णु कल्पित र फिल्म क्रू नेपाल टिमको छायांकन विष्णु कल्पितको छायांकन रहने  छ ।  डिजिटल पार्टनर ओ एस आर् डिजिटल, नेपाली बजार व्यवस्थापन एफ डि कम्पनी र रिच इन्टरटेनमेन्टले गर्ने भएको छ । यस्तै जापान र कोरियाको बजार ब्यबस्तापन को जिम्मा भने  युएनआई इन्टरटेन्मेन्टले लिएको छ  । 

गुरुपूर्णिमामा गीतको रेकर्ड गर्दै फिल्मको औपचारिक निर्माण सुरु भएको थियो  । बाबुल गिरिले संगीत गरेको गीतमा बाबुल र एलिना चौहानको स्वर छ भने शंकर अधिकारी घायलको शब्द छ । रेखा थापाको ‘उपहार’ मा भारतको चर्चित ब्राण्ड नन्दीनी हर्बलको उत्पादन ‘एनप्लस प्रोफेसनल’ ब्युटी प्रोड्क्ट्सले सहकार्य गर्ने भएको छ । ०००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।