image
image

संसदलाई एमालेले अनिर्णयको बन्दी बनाएको छ : सांसद खतिवडा

काठमाडौ, ३ भदौ । नेकपा (एमाले) ले संसद अनिर्णयको बन्दी बनाएको नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले बताएका छन् । आज प्रतिनिधिसभाको बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दे उनले संसद खुलाएर शुल्य समयसम्म जान आग्रह गर्दा समेत एमालेले नमानेको उनले आरोप लगाएका हुन् ।

उनले भने,‘ आज संसद खुलाएर शुल्य समय सम्म जाउँ भन्दा पनि उहाँहरु मान्नुभएन । सँधै अनिर्णयको बन्दी बनाएर जनतामा के भनेर जानुहुन्छ । उहाँहरुलाई पनि जिम्मेवारी दिएको छ ।’

कानूनले विश्वास गरेका संयन्त्रलाई अविश्वास गरेर समस्या समाधान हुन्छ ? एमालेलाई उनको प्रश्न छ । उनले भने, ‘कानूनले विश्वास गरेका संयन्त्रलाई चाँहि अविश्वास गर्ने अनि अरुलाई गाली गरेर समस्या समाधान हुन्छ ? त्यसैले नेकपा एमालेलाई आग्रह गर्न चाहान्छु। तपाईहरु केहि नभनी हामीसँग यहाँ आएर संसद चल्न दिनुुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।