image
image

सरकार हर तरहबाट यूवा उद्यशीलतालाई प्रोत्साहन गर्न प्रतिवद्ध छ : अर्थमन्त्री महत

काठमाडौं, ३१ साउन । सरकारले हर तरहबाट यूवा उद्यशीलतालाई प्रोत्साहन गर्ने अर्थ मन्त्री प्रकाश शरण महतले बताएका छन् । आज राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सृजनशील युवा राष्ट्रिय अभियानले आयोजना गरेको उद्यमशील युवा सृजनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यूवाहरुलाई देशमै रोक्नका लागि सरकारले यूवा उद्यशीलतालाई प्रोत्साहन गर्ने बताएका हुन् । उनले भने,‘सरकार हर किसिमबाट यूवा उद्यशीलतालाई प्रोत्साहन गर्न चाहन्छ । जसले गर्दा यहाँ केहि हुन थाल्यो भन्ने भएपछि विदेश गएका यूवाहरुपनि देशमा अवसर देखेर आफै आउँछन् ।’

उनले देशमा नै उत्पादित बस्तुमा कम कर र उद्यमशील गर्न चाहने युवाहरुलाई अनुदान र सस्तो ऋण दिने योजना सरकारको रहेको उल्लेख गरेका छन् । अर्थमन्त्री महतले भने, सरकारले जसले देशमै लगानी गर्छ र स्वदेशमा उत्पादन गर्छ त्यसलाई हामीले कर कम लगाउँछौं । साथै अनुदान र सस्तो ऋण गछौं उद्यमशील गर्न चाहने युवाहरुलाईं हामीले सर्पोट गर्ने हाम्रो योजना छ ।’

उद्यमशीलताको नेतृत्व यूवाहरुले गर्नुपर्छ भनेता पनि उद्यमशीलताप्रति उत्पे्ररणा गर्ने कुरा जटिल रहेको मन्त्री महतले टिप्पणी गरेका छन् । उनले अहिले कृषि भनेको परम्परागत हो यहाँ धेरै अवसर छैन् भन्ने मात्र सोच भएता पनि विदेश गएर सिप र क्षमता लिएर आउँनेहरुको लागि कृषि क्षेत्र अत्यन्तै ठूलो अवसर हुने गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।