image
image

धार्मिक सद्‌भाव बिथोल्ने संविधानविपरीतका गतिविधि भइरहेका छन् : राप्रपा प्रवक्ता श्रेष्ठ

काठमाडौं, ३१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धार्मिक सद्भाव बिथोल्ने गरी भइरहेका संविधानविपरीतका गतिविधिमाथि छानबिन गर्न माग गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत् उनले सो माग गरेका हुन् । स्वेच्छाले धर्म परिवर्तन र मान्यता बदल्न सकिने भए पनि अर्को धर्मलाई घृणा गर्ने, जबर्जस्ती धर्म परिवर्तन गर्ने÷गराउने, सामाजिक सद्भाव खल्बल्याउने, द्वन्द्व निम्त्याउने र द्वन्द्वका लागि उक्साउने गतिविधि गर्न नपाइने भन्दै उनले यस्ता संविधानविपरीतका गतिविधिमाथि छानबिन गर्न माग गरेका हुन् ।

धरानमा गोरु काटेर भोज खाँदै गरेको सार्वजनिक भिडियो सामग्रीमा प्रयोग गरिएका शब्दहरु आपत्तिजनक रहेको भन्दै उनले यस्ता धार्मिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्नलाई छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

यसबारे फेसबुकमा लेखेकाा छन्, आफ्नो रुचिको धर्म मान्न पाइन्छ । स्वेच्छाले आफ्नो निजी मान्यता बदल्न पनि पाइन्छ तर अर्को धर्मलाई घृणा गर्ने, जबर्जस्ती धर्म परिवर्तन गर्ने÷गराउने, सामाजिक सदभाव खल्बल्याउने, द्वन्द्व निम्त्याउने र द्वन्द्वका लागि उक्साउने गतिविधि गर्न पाइदैन ।

संविधानले समेत यसलाई बर्जित गरेको छ। धरानमा गोरु काटेर भोज खाँदै गरेको भिडियो सामग्री सामाजिक सञ्जालमा पोस्ट गरिएका छन् । त्यसमा प्रयोग गरिएका शब्दहरु आपत्तिजनक छन् । यस्ता हर्कतहरु रोकिनुपर्छ, साथै धार्मिक सदभाव बिथोल्ने नियतबाट गरिएका यस्ता गतिविधिमा संलग्नलाई छानबिन गरी कारबाही गरिनुपर्छ भन्नेमा स्पष्ट छौं, नेपाल सरकार र प्रशासनको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।