image
image

लक्की फिल्मी अवार्डको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बसुन्धरा भुसाललाई

 

काठमाडौं २९ साउन ।  मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा हुन लागेको 'लक्की फिल्मी अवार्ड २०८०' मा नेपाली कलाकारिता क्षेत्रकी पहिलो महिला विशिष्ट हास्यकलाकार बसुन्धरा भुसाललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गर्ने भएको छ । नेपाल चलचित्र क्षेत्रमा विशिष्ट हास्यकलाकार भुसालले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको हो ।

सात वर्षको उमेरमा रंगमञ्चबाट कलाकारिता सुरु गरेकी विशिष्ट हास्यकलाकार भुसालको फिल्मी यात्रा पहिलो नेपालमा खिचिएको नेपाली फिल्म ‘आमा’ बाट भएको थियो । नेपाली रजतपटमा २०२२ सालदेखि निरन्तर नेपाली फिल्ममा आफ्नाे उपस्थिति जनाइरहेकी भुसाल सदाबहार अभिनेत्रीको रुपमा परिचित छन् । आमा फिल्ममा ‘भुन्टी’ को भूमिकाबाटै नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी नेपाल चलचित्र जगतकी पहिलो महिला विशिष्ट हास्य कलाकार भुसालले एक सय ६५ वटाभन्दा बढी नेपाली चलचित्रमार्फत दर्शकको मन जितिसकेकी छन् । 

नेपाली सिनेमा जगतको संरक्षण र जर्गेना गर्ने उद्देश्यसहित फिल्मी अवार्ड गर्न लागिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ को भनाइ छ । ‘यो तरिकाको अवार्ड नेपालमै पहिलोपटक हुन्छ । जहाँ सबै कलाकारकर्मी, कलाप्रेमीले सम्मान र अपनत्व पाउनु हुन्छ,’ कार्कीले भने । अवार्डमा दुई दर्जनभन्दा बढी कलाकर्मी सम्मानित हुने उनले जानकारी दिए । चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्ने लक्ष्यसहित चितवनमा फिल्मी अवार्ड कार्यक्रम गर्न लागेको उनले बताए । लक्की मिडिया हाउसले गर्न लागेको फिल्मी अवार्डमा देशभरका सिने कलाकारहरुको जमघट चितवनमा हुने कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।