image
image

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै


काठमाडौं २८ साउन । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । शुक्रबारदेखि सुरु भएको संसदीय दलको बैठक दिउँसो १२ः३० बजे संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने छ ।

बैठकमा जारी संसद अवरुद्ध हटाउने, सदनमा विचाराधीन रहेका विधेयक तथा नयाँ विधेयकका विषयमा छलफल हुनेछ । साथै पार्टी केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनिल शर्मा पक्राउपछि सरकारको नेतृत्व गर्दै आएको माओवादीप्रति कांग्रेस सांसदहरूले आशंका व्यक्त गर्दै आएका छन् । शर्मा पक्राउपछि उत्पन्न परिस्थितिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार, पशुमा लागेको लम्पीस्किन रोग नियन्त्रणमा लिनुको साथै राहातका कार्यक्रमहरू सञ्चालन गर्न कांग्रेसले शुक्रबार नै सरकारको ध्यानाकर्षण गराएको छ । साथै, तराई मधेसमा समयमा पानी नपर्दा किसानले खेत रोप्न नपाएको भन्दै प्रभावितहरूलाई राहत दिन कांग्रेसले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।