image
image

शिक्षा क्षेत्रमा देखिएका समस्याहरू तत्काल समाधान गर्न पहल गर्ने छु : महामन्त्री थापा


काठमाडौं २८ साउन । शिक्षा क्षेत्रमा देखिएका समस्याहरू तत्काल समाधान गर्न पहल गर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् ।

सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल (पेट्सान) ले आयोजना गरेको एक कार्यक्रममा पूर्वस्वस्थ्य मन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य थापाले संघीय संसदबाट पारित भएको शिक्षा विधेयकमा केही समस्या भए त्यसमा पुर्नविचार गर्न सकिने बताएका हुन् ।

संविधानले शिक्षा र सम्पत्तिको हकलाई सुनिश्चित र सुरक्षित गरेको भन्दै गुणस्तरीय शिक्षा प्रदानमा पेट्सानको अझ महत्वपूर्ण भूमिका रहने बताए । थापाले संसदमा टेवल हुन लागेको शिक्षा विधेयकमा शैक्षिक गुठीको विषयलाई सम्बोधन गर्न आफुले पहल गर्ने धारणा राखेका छन् ।

सिद्धार्थ वनस्थली इन्स्टिच्युटको सभाहलमा भएको कार्यक्रममा संस्थाका रास्ट्रिय अध्यक्ष रुपक राजवंसीले शिक्षा विधेयकमा रहेका कतिपय प्रावधानहरू अव्यवहारिक रहेको बताए । त्यसलाई संशोधन र सम्बोधन गर्न थापालाई उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।