image
image

कोशी सरकारमा जसपा सहभागी, निर्मला बनिन् मन्त्री

काठमाडौं, २६ साउन । जनता समाजवादी पार्टी (जसपा) की प्रदेशसभा सदस्य निर्मला लिम्बू कोशी प्रदेशको स्वास्थ्यमन्त्री नियुक्त भएकी छन्। मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री उद्धव थापाले उनलाई शुक्रबार मन्त्री नियुक्त गरेका हुन्। लिम्बूले शुक्रबार नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएकी लिएकी छन्।

कोशीको ९३ सदस्यीय प्रदेशसभामा लिम्बू जसपाबाट एक्ली सांसद हुन्। उनी दोस्रोपटक प्रदेशको मन्त्री बनिन्। यसअघि नेकपा (एमाले)  प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि उनी स्वास्थ्यमन्त्री नै थिइन्।

प्रदेशको नाम कोशी राखेको विषयमा असहमति जनाउँदै कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन गत जेठ १७ गते फिर्ता लिँदै जसपाले उनलाई फिर्ता बोलाएको थियो। पुनः लिम्बू मन्त्री बनेपछि कोशी प्रदेशको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ।

प्रदेशमा यसअघि पूर्वसभामुख एवं माओवादी सांसद बाबुराम गौतमले आर्थिक मामिला तथा योजना, कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिँचाइ तथा उर्जा र एकीकृत समाजवादीका कमलप्रसाद जबेगूले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।