image
image

राष्ट्रिय सभा अन्तर्गतका दुई समिति बस्दै, संघीय संसद्को बैठक भोलि बस्ने

 

काठमाडौ, २५ साउन । राष्ट्रिय सभा अन्तर्गतका दुई समितिका बैठकहरू आज बस्दै छन् । दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक संसद सचिवालय सिंहदरबारमा बोलाइएको हो ।

दिगो विकास तथा सुशासन समिति बैठकको दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा संकल्प प्रस्ताव कार्ययोजना अनुगमन उपसमितिबाट पेश भएको कार्यान्वयन कार्ययोजना, समितिको आर्थिक वर्ष २०८०र८१ को कार्ययोजनाका विषयमा छलफल हुनेछ ।

त्यस्तै, नीति अनुसन्धान प्रतिष्ठानबाट गरिएको दिगो विकास तथा सुशासन समितिको निर्देशन कार्यान्वयन अवस्थाको अध्ययन प्रतिवेदनका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
रा
ष्ट्रिय सभाकै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक भने बिहान ११ बजेका लागि बोलाइएको छ । तर, त्यस बैठकको अजेन्डाका विषयमा संसद सचिवालयले केही खुलाएको छैन ।

प्रमुख प्रतिपक्षी एमालेले संघीय संसदका दुबै सदन अवरोध जारी राखेका कारण आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक राखिएको छैन । बुधबारको बैठकमा पनि एमालेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समितिको माग गर्दै संसद अवरुद्ध गरेको थियो ।

एमालेले दुबै सदनमा अवरोध जारी राखेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो । प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभा ११ बजेका लागि बोलाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।