image
image

देशभित्र रोजगारीको वातावरण सिर्जना गर्न नसक्दा युवाहरु विदेशिने क्रम जारी छः सांसद देवकोटा

 

काठमाडौं, २४ साउन ।देशभित्र रोजगारीको वातावरण सिर्जना गर्न नसक्दा युवाहरु विदेशिने क्रम जारी रहेको  नेकपा (माओवादी केन्द्र) का नवनियुक्त प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् । 

आज काठमाडौंको नेकपा माओवादी पार्टी कार्यलयमा आयोजित प्रवक्ता र पत्रकारबीच भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले युवाहरु बाहिरिएको प्रसंग मर्माहत पार्ने खालको रहेको बताएका हुन् । 

उनले भने ‘युवा बाहिरिएका छन् भन्ने कुरा सबै जानेको कुरा हो । उसै त छाती कमलो झनै घोप्यो झिरैले भने जस्तो । यसै त मर्माहात पार्ने खालको छ । रोजगारीका वातावरण सिर्जना गरेका छैनौं । ’

प्रवक्ता सापकोटाले विदेश पलायन रोक्ने भाषण धेरै भएको तर काम नभएको चर्चा गर्दै भने ‘यो देशलाई सकेसम्म मातृभुमिको दोहन गर्ने मान्छेहरु नै आज अन्त गएर यहाँ च्यालेन्ज गर्दै छन् । अन्त गएर यहाँ च्यालेन्ज गर्ने हैन् । काम गरेर देखाउने हो । ’उनले युवा पलायन हुने विषयप्रति आफु गम्भीर भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।