image
image

दुई संसदीय समितिको बैठक बस्दै, भावी सभापति बारे छलफल गरिने

 

काठमाडौं, २३ साउन । संघीय संसद अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक बस्दैछ । आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा अन्र्तगतको पूर्वाधार विकास समितिको बैठक बोलाइएको छ । उता राष्ट्रिय सभा अन्र्तगत विधायन व्यवस्थापन समितिको पनि बौठक बिहान साँढे एघार बजेका लागि डाकिएको छ ।

सिंहदरबार स्थित पूर्वाधार विकास समितिको हलमा बस्ने बैठकमा स्वतन्त्र उर्जा उत्पादकहरुको समस्या र सोको समाधानका उपाएको सम्बन्धमा उर्जा,जलस्रोत तथा सिँचाई मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानाएको छ ।

छलफलमा उर्जा,जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेत सहित स्वतन्त्र उर्जा उत्पादक संघका प्रतिनिधिहरु सहभागि हुने छन् । यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतिय व्यापार विधेयक,२०८० माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।