image
image
जनताले न्याय नपाउनुमा राजनीतिक भागबण्डा मुख्य कारण हो : प्रेम सुवाल

जनताले न्याय नपाउनुमा राजनीतिक भागबण्डा मुख्य कारण हो : प्रेम सुवाल



काठमाडौं, २१ साउन । जनताले न्याय नपाउनुमा राजनीतिक भागबण्डा मुख्य कारण भएको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बताएका छन् । आज मानव अधिकार तथा शान्ति समाजले, काठमाडौंमा आयोजना गरेको मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को संशोधन विधेयकका सम्बन्धमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सांसदहरुसँग विशेष छलफल कार्यक्रममा उनले भागबण्डाको राजनीति कै कारण शान्ति प्रक्रियाले ठोस रुप लिन नसेकेको दाबी गरेका छन् । 

सांसद सुवालले भने  ‘शान्ति प्रक्रियाको पक्षमा नजानु र पीडितको पक्षमा नजानुको मुख्य कारण चै सरकार र सरकारमा रहेका पार्टी नै विदेशको प्रभावमा पर्नुको नतिजा हो।’सरकारमा रहेका पार्टीहरु विदेशीहरुको प्रभावमा परेको कारणले गर्दा जनताले न्याय नपाएको उनको भनाई छ । 

उनले ललिता निवासको घटना सेलाउन नपाउँदै सुन तस्करि प्रकरण आएको र जनताले न्याय नपाउनुमा  राजनीतिक पार्टीको भागबण्डा नै प्रमख भएको बताएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।