image
image
टाउको दुखेको औषधि नाइटोमा लगाउँने दलहरुको प्रवृति छः मन्त्री किराँती

टाउको दुखेको औषधि नाइटोमा लगाउँने दलहरुको प्रवृति छः मन्त्री किराँती

काठमाडौ, २१ साउन । शक्तिमा पुगेपछि मानिस भूप शेरचनले लेखेको कविता ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ जस्तो हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बताएका छन् ।

आज काठमाडौंमा आयोजित बिसे नगर्ची बिशेषाङ्क बिमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री किराँतीले टाउको दुखेको औषधि नाइटोमा लगाउँने दलहरुको प्रवृति पनि उस्तै रहेको उल्लेख गरेका छन् ।

मन्त्री किराँतीले भने ‘ टाउको दुखेको औषधि नाईटोमा लगाईरहेका छन् त्यसैले जुनसुकै पार्टी जुन सुकै व्यक्ति कुर्सीमा पुगेपछि भुपि शेरचानको कविता जस्ते मान्छे घुम्ने कुर्सीमाथि बसिहरेको हुन्छ,अन्धो मान्छे जस्तो हुन्छ । ’

आम जनतालाई सहभागि गराएर चलाएको अभियान मात्र सफल हुने बताएका छन् । समाजवादमा कोही सानो ठूलो नहुने र यस्ता खालको बहस नेपाली समाजमा ओझेलमा परेको मन्त्री किराँतीले भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।