image
image

पुँजीपती वर्गले उद्योगधन्दालाई उनीहरुको पहुँचभन्दा बाहिर लान दिएनन् : महेश बस्नेत


काठमाडौ, २१ साउन । दलालको पछाडि रहेर पूँजीपती वर्गले नेताहरुसँगको सेटिङ मार्फत नियतवस व्यापार,व्यवसाय र उद्योगधन्दा निश्चित संभ्रान्त परिवार भन्दा बाहिर लान नखोजेको नेकपा (एमाले) का पोलिटव्युरो सदस्य महेश बस्नेतले आरोप लगाएका  छन् ।

आज भक्तपुरमा आयोजित एक कार्यक्रममा नेता बस्नेतले एमालेलाई यति,ओम्नी जस्ता प्रकरणमा लागेको भ्रष्टाचारको आरोपबारे प्रष्टीकरण दिदै नेपालमा दलालका पछाडि बसेका पूँजीपतीले उद्योगधन्दालाई उनीहरुको पहुँचभन्दा बाहिर लान नदिएको आरोप लगाएका हुन् ।

उनले भने, ‘ओम्नी भनेको कमन हो । हिजो स्वास्थ्य विभागबाट सम्झौता गरेर चाइनाबाट औषधि खरिद गरियो, औषधिको अन्तर्राष्ट्रिय रुपमै सटेज थियो । चाइनाबाट फ्रान्स लान खोजेको औषधि अमेकिरकाले बीचैमा पाँच गुणा महंगो पैसा लिएर लियो । अनि हाम्रो स्वास्थ्य विभागले चाँहि महंगो भनेर सम्झौता रद्द गर्यो । अनि ओम्नी ओम्नी ओम्नी भन्या छन्,गलत गरे छानबिन गर्नु भनिराछौं हामी ।

उले भने , यति मात्रै होइन गोकर्णको खेर गएको जमिनमा एउटा शेर्पाको छोराले यति होल्डिङ्स अरबौ लगानी गरेर आज गोकर्ण रिसोर्ट,इज्जतको ठाउँ बनाएको छ । कतिलाई रोजगारी दिएको छ कति स्थानीय बस्तुको प्रयोग भएको छ’, एमाले नेता बस्नेतले यति लिज प्रकरण तथा ओम्नी भ्रष्टाचार काण्डमा समेत जनता, मिडिया र सामाजिक सञ्जाल वास्तविकता नबुझी बहकिएको आरोप पनि लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।