image
image

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सत्ता स्वार्थको लागि भएको हो : अध्यक्ष ओली


काठमाडौ, २० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सत्ता स्वार्थको लागि भएको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आज काठमाडौंमा आयोजित वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीले भ्रमणमा भूगोलको र सीमा समस्या बारे टुङगो लगाउँन नसकेको भन्दै भ्रमण राष्ट्रिय स्वार्थ भन्दा पनि सत्ता स्वार्थ प्रधान भएको दाबी गरेका छन् ।

उनले भने,‘ अहिलेका प्रधानमन्त्री भारत जानु भयो केके सम्झौता गर्नुहुन्छ केहि बताउँनुहुन्न जे गर्नुपर्ने त्यो केहि पनि काम गर्नुभएन । हाम्रो भूगोलको बारेमा सीमाको बारेमा जो भारतले विभाजित बनाउँन खोजेको छ । त्यस सम्बन्धमा टुङगो लागेन यस्ता नेपालको आवश्यकता र भावना नेपाली न्यायोचित पक्षमा हुनुपर्ने कुरामा कमजोरी देखाईयो सत्ता स्वार्थ प्रदान भयो राष्ट्रिय स्वार्थ प्रदान भएन ।’

उनले बिभिन्न सन्धि सम्झैताको अध्ययन गरेर भारत बीचको सम्बन्धलाई आजको समय अनुकुल न्याय र समानतामा आधारित उचित र सुमधुर र सुदृढ बनाउँनको लागि ईपीजी गठन गरेता पनि त्यस विषयमा प्रधानमन्त्रीले कुरा नउठाएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।