image
image

ओलीको अवरोधका कारण मुलुकमा राजनीतिक अस्थिरता कायम भयो : घनश्याम भुषाल

काठमाडौ, २० साउन । केपी शर्मा ओलीको अवरोधको कारण मुलुकमा राजनीतिक अस्थिरता कायम भएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव घनश्याम भुषालले आरोप लगाएका छन् । समाजवादी इञ्जिनियरिङ एसोसिएशन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव भुषालले मुलुकबाट गरिबी हटाउँने आफुहरुको लक्ष्य र योजनाको डीपीआर बनाउन ओलीले नदिएको दाबी गरेका छन् ।

उनले भने ‘ राष्ट्रिय पुँजीको विकास गर्नु समाजवादको तयारी गर्ने हो । यसमा काम गर्नुपर्छ भन्ने हाम्रो विचार थियो तर ओलीले त्यो तर्फ जाने कुरा नजाने भन्नु भयो, अबको १० वर्षमा हामी गरिबी हटाउने र रोजगारी बढाउने हाम्रो लक्ष्यलाई ओलीले आफ्नो निजी स्वार्थले रोक्दा कम्युनिष्ट पार्टी र राजनीतिलाई समेत समस्यामा पार्नु भयो । आज राजनीतिक अस्थिरता किन छ भने हामीले भने अनुसार योजनाको डीपीआर बनाउँन र लागू गर्ने बाटोलाई ओलीले रोकेकोले भएको हो । ’

समाज परिवर्तन गर्ने हो भने युवाहरुलाई अगाडि बढाउनु पर्ने बताउँदै अग्रगामी चेतना भएको व्यक्ति ४ जना भएपनि अगाडि बढ्न बढि संख्या नचाहिने पनि भुषालले प्रष्ट पारे । उनले भने ‘ एउटा राम्रो अभियान सुरु गर्न सक्यौं भने ५ वर्षमा हामी कृषिको क्रान्ति भनेका कुराहरु सम्पन्न गर्छौ । त्यसले उद्योगका लागि राम्रो आधार पनि तयार पार्छ । यसले हामीलाई सक्षम बनाउँन सक्छ । राम्रो तरिकाले लाग्ने हो भने १० वर्षमा देश बनाउँन सक्छौ र तर जब ओलीले संसद विघटन गरेपछि हामी स्थिर भएर लाग्न सक्या छैनौ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।