image
image
सुन तस्करीको अनुसन्धानको नेतृत्व सीआईबीले गर्ने

सुन तस्करीको अनुसन्धानको नेतृत्व सीआईबीले गर्ने

काठमाडौ, २० साउन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक सय किलो सुन तस्करीको अनुसन्धानको नेतृत्व गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि अब सीआईबीले सुन तस्करीको अनुसन्धानको नेतृत्व लिने भएको हो । प्रधानमन्त्री प्रचण्डले सुन तस्करीको अनुसन्धानको नेतृत्व सीआईबीले गर्न निर्देशन दिएका हुन् ।

राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेका बेला अब सीआईबीलाई गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । सीआईबीलाई निर्देशन दिनुअघि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सीआईबी प्रमुख किरण बज्राचार्यसँग छलफल गरेका थिए ।

सुन तस्करीको मुख्य अभियुक्त जोगाउन सरकार लागि परेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले छानबिनको नेतृत्व लिन सीआईबीलाई निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।