image
image

भरिया समातेर सरकारले ठूला माछालाई संरक्षण गर्यो : ज्ञानेन्द्र शाही

 

काठमाडौ, १८ साउन । प्रतिनीधि सभा सदस्य ज्ञानेन्द्र शाहीले सरकार ठूला भ्रष्ट्राचारीलाई संरक्षण गरेर भरियालाई समात्न केन्द्रित हुन थालेको आरोप लगाएका छन्।‘सरकारले ललिता निवास प्रकरणमा जग्गा किन्नेलाई समातेको छ,’ शाहीले भने, ‘तर जग्गा व्यक्तिको नाममा सार्न दिने निर्णय गर्ने तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाललाई संरक्षण गरेको छ, त्यतीमात्र नभई ललिता निवासको जग्गा पहिला नाममा गर्ने जग्गा धनीलाई पनि सरकारले समातेको छैन, जग्गा किन्ने कसरी दोषि हुन्छन् ?’

उनले एक क्वीन्टल सुन प्रकरणमा पनि भरियालाई समातेको र सुन तस्करीलाई सरकारलेनै संरक्षण गरेको आरोप लगाएका छन् । सुन तस्करी काण्डको छानविन गर्न राप्रपा, नेकपा एमाले लगायतका दलले उच्च स्तरिय छानविन समिति गठन गर्न माग गरिएकोमा सरकारले त्यसलाई बेवास्ता गरेको प्रतिनिधि सभा सदस्य शाहीले बताए। उच्च स्तरिय छानविन समिति गठन गर्दा सरकारमा सहभागि दलबाटै धेरै नेताको संलग्नता देखिने डरले प्रधानमन्त्रीलेनै उच्च स्तरिय छानविन समिति गठनको मागलाई वेवास्ता गरेको शाहीको आरोप छ।

‘सुन तस्करी प्रकरणमा माआबादी केन्द्रका नेता तथा पुर्व सभामुख कृष्ण महाराको संलग्नता रहेको प्रहरीको रिपार्टले प्रष्ट देखाइसकेको छ,’ शाहीले भने, ‘त्यसलाई सरकारले नसुने जस्तो गरेको छ, किनकी माओबादी केन्द्रले त्यसमा छानविन गरेमा सो पार्टीका धेरै नेता फस्नेवाला छन्।’ एक क्वीन्टल सुन भित्र्याउन सरकारकै मन्त्रीको प्रत्यक्ष संलग्नता रहेको उनको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।