image
image

सुन प्रकरणमा सत्तापक्षको नै संलग्नता रहेको छ : अध्यक्ष ओली


काठमाडौ, १७ साउन । सुन प्रकरणमा सत्तापक्षको नै संलग्नता रहेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आज काठमाडौंमा आयोजित तुल्सीलाल अमात्यको २१औ स्मृति दिवसको अवसरमा नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनका विगत वर्तमान र भविष्य विषयक विचार गोष्ठीमा ओलीले तस्करीमा सरकारकै संलग्नता रहेको दाबी गरेका छन् । विदेशबाट आमालाई ल्याएको सिक्री खोस्ने तर सरकारले भने १०० किलो सुन भित्र्याएको उनको भनाई छ ।

उनले भने,‘ आफुहरु सरकारमा छन्, १० दिन अगाडिदेखि आएको रहेछ, कुनै श्रोत कतैबाट खुल्यो र खपी नसक्नु थामी नसक्नु भएपछि गिरफ्तार भयो १०० किलो सुन, क्वीन्टल सुन आउँदो रहेछ । तपाईहरु जानुभयो भने के हुन्छ सियो पनि छिर्दैन । विदेशबाट आमालाई ल्याएको सिक्री खोस्छ तर क्वीन्टल सुन ल्याउँछ यो सरकारले ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।