image
image

नेपालमा फर्किन चाहनेकालागि १ सय भन्दा बढी जागिरको ब्यवस्था गरेका छौँ : रवि लामिछाने

काठमाडौ, १७ साउन । आफ्नो पार्टीले नेपाल फर्किन चाहेका नेपाली नागरिकका लागि एकसय भन्दा धेरै रोजगारी सृजना गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दाबी गरेका छन् । आज समाजिक सञ्जाल मार्फत उनले, अहिलेका लागि एकसय जनाको लागि रोजगारी खोजिएको र पार्टीको नीति अनुसार चाँडै थप रोजगारी सृजना गर्ने बताएका छन् ।

‘यी विज्ञापनहरु विभिन्न देशका पत्रीका, अनलाइन र चोकका पसलहरुमा छापिएका छन् , छापिदैछन् । चुनावमा आफुले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेकालागि १०० भन्दा बढी जागिरको ब्यवस्था गरेका छौं, त्यो पनि “बिना ढेउवा के“।’

सामाजिक सञ्जालमा उनले भनेका छन् ‘अहिलेका लागि यी रोजगारी खोजीएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौं । मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुँदैछ । बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिन भरी विभिन्न कार्यक्रम मार्फत जानकारी दिदैछु ।’उनले आफ्नो पार्टी जनता माझ गरेका प्रतिवद्धताबाट पछि नहटेकोसमेत दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।