image
image
कोशीका नवनियुक्त मुख्यमन्त्रीको सपथ आज

कोशीका नवनियुक्त मुख्यमन्त्रीको सपथ आज


काठमाडौं, १७ साउन । आज कोशी प्रदेश सरकारका लागि दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिदै छन् । सर्वोच्च अदालतले यसअघि भएको नियुक्ती बर्खास्त गरे पछि पुनः हिजो मुख्यमन्त्रीमा नियुक्त भएको थापाको शपथ ग्रहण आज हुन लागेको हो । 

सभामुख बाबुराम गौतमलाइ राजिनामा गर्न लगाएर सतारूढ गठबन्धनले हिजो ४७  सदस्यको समर्थनमा थापाले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । लगत्तै बहुमत सदस्य पुर्याएर पुनः नियुक्ती भएका मुख्यमन्त्री थापाले सपथ ग्रहणसँगै आजै सानो आकारको मन्त्रिपरिषद विस्तारको तयारी गरेको बुझिएको छ । 

 गत असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका थापालाई नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै साउन ११ गते सर्वोच्च अदालतले पदमुक्त गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।