image
image
तस्करी मौलाउँदै गएपछि राजश्व कम उठ्यो :  शंकर पोखरेल

तस्करी मौलाउँदै गएपछि राजश्व कम उठ्यो :  शंकर पोखरेल

काठमाडौं, १७ साउन । तस्करी मौलाउँदै गएपछि राजश्व कम उठेको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बताएका छन् । सुन तस्करी प्रकरणको चर्चा परिचर्चा भइरहेको बेला एमाले महासचिव पोखरेलले सो आरोप लगाएका हुन् ।

उनले भने ‘यतिवेला अस्वभाविक रुपमा राजश्व कम उठ्नुको कारण सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै नियोजित रुपमा तस्करतन्त्र र दलाल नोकरशाही पूँजीवादलाई संरक्षण गर्नुको परिणाम हो, सरकारको गलत आर्थिक नीति र राजश्व प्रशासनमा गरिएको दुरुपयोगका कारणले राजश्वमा कमी आउँदा पूँजीगत खर्च कम हुन गई समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न गएको छ र मुलुक आर्थिक मन्दीको चपेटामा प्रवेश गरेको छ, ‘तर, सरकार अर्थतन्त्रलाई कमजोर बनाउने कुकर्मलाई सुधार्ने पक्षमा अझै गम्भीर देखिएको छैन । यसप्रति सबै सरोकार पक्षको ध्यान जानु पर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।