image
image
जनताको अधिकार संविधानमा लेखेको भएता पनि अझै पूर्ण कार्यान्वयन हुन सकेन : अध्यक्ष नेपाल

जनताको अधिकार संविधानमा लेखेको भएता पनि अझै पूर्ण कार्यान्वयन हुन सकेन : अध्यक्ष नेपाल


काठमाडौं, १६ साउन । संविधानमा भएका अधिकार पूर्ण कार्यान्वयन हुन नसकेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् । आज पार्टी निकट विद्यार्थी अनेरास्ववियुले, आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले धेरै ठुलो मेहनत गरेर जनताको अधिकार संविधानमा लेखेको भएता पनि अझै पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो गरेका हुन्

 अध्यक्ष नेपालले भने, ‘जनतामा भेदभाव, अन्याय र अत्याचार भयो भने एकले अर्कालाई गरीब दलित विपन्न भनेर हेला गर्ने प्रवृत्ति भयो भने रहेसम्म देशको प्रगति गर्न सक्दैन् धेरै ठुलो मेहनत गरेर जनतालाई थुप्रै अधिकार दिनेगरी लेखिएको छ, संविधानको लेखाईमा कमी छैन् बनाए पनि त्यो संविधान लागु गर्ने कुरामा कमी छ ।’

उनले देशको नृतृत्व गर्ने मानीसहरु नै देश बनाउने भावनाले ओतप्रोत नभएको टिप्पणी गरे । देश र राष्ट्रमाथि कुनै आँच आउँने काम भएमा नेपालीहरुलाई त्यो स्वीइकार्य नहुने उनको भनाई छ उनले भने, ‘देशमा धेरै समस्याहरू छन् । ती मध्ये पहिलो समस्या हामी सबै बन्नुपर्ने जति इमान्दार बनेका छैनौँ । हामी देश बनाउने भावनाले ओतप्रोत छैनौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।