image
image
शरणार्थी प्रकरणः रिहाइको माग गर्दै रायमाझी र खाँण पुगे उच्च अदालत

शरणार्थी प्रकरणः रिहाइको माग गर्दै रायमाझी र खाँण पुगे उच्च अदालत


काठमाडौं, १६ साउन । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहित १५ जना रिहाइको माग गर्दै उच्च अदालत पाटन पुगेका छन् ।

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण, रायमाझीसहित १६ जनालाई पुर्पक्षमा लागि थुनामा पठाएको थियो । तर, त्यसमध्ये १५ जनाले साधरण तारेखमा छुटी पाउँ भन्दै उच्च अदालत पाटनमा निवेदन दिएका हुन्।उनीहरुको निवेदनउपर सुनुवाइ गर्दै उच्च अदालत पाटनले कैफियत प्रतिवेदन माग गरेको छ।

जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १९ जना मध्ये ३ जनालाई पुर्पक्षका लागि धरौटीमा छोडेको थियो। बाँकी १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो। सोही प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने उच्च अदालत गएका छैनन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।