image
image
अर्थमन्त्रालयबाट पाउनु पर्ने रकम अझै पनि पाउन सकिएन : स्वास्थ्य मन्त्री बस्नेत

अर्थमन्त्रालयबाट पाउनु पर्ने रकम अझै पनि पाउन सकिएन : स्वास्थ्य मन्त्री बस्नेत


काठमाडौं । अर्थमन्त्रालयबाट पाउनु पर्ने रकम अझै पनि पाउन नसकेको  स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालस्थित विश्व बैंकका प्रतिनिधिहरुसँगको भेटपछि सञ्चारकर्मीसँग स्वास्थ्य मन्त्री बस्नेतले निकै मेहेनत पछि अर्थमन्त्रालयले कटौती गरेको बजेट पनि दिएको बताए । 

उनले भने ‘ स्वास्थ्य मन्त्रालयको ४० प्रतिशत बजेटको सिलिङ घटाएको थियो हामीले प्रयास गरेपछि अर्थमन्त्रालयले १० अर्व ११ लाख पैसा दुई पटकगरी थपेको छ । त्यति हुँदाहुँदै पनि २० प्रतिशत बजेट कटौती भएको छ । त्यसमा सूर्तिजन्य पदार्थमा उठेको ६ अर्ब वार्षिकमा पनि मन्त्रालयले ४० करोड मात्र पाएको छ,  त्यसैले सूर्तिजन्यबाट उठेको पैसा र कोभिडको बेला खर्च गर्ने भनेर प्राप्त गरेको पैसा पनि अर्थमन्त्रालयमा छ । ’ 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।