image
image
सुन तस्करी प्रकरण, सुई जताबाट घुमाए पनि माओवादी नेताहरु तिरै सोझिन्छ : बिष्णु रिजाल

सुन तस्करी प्रकरण, सुई जताबाट घुमाए पनि माओवादी नेताहरु तिरै सोझिन्छ : बिष्णु रिजाल

 

काठमाडौं, १६ साउन । सुन तस्करीको सुई माओवादी तिरै घुम्ने नेकपा (एमाले) का नेता बिष्णु रिजालको भनाई छ । नेता रिजालले सुन तस्करी प्रकरणको छानबिन गर्न सरकारले आनाकानी गरिरहेको बेला सो आरोप लगाएका हुँन् ।

‘सुन तस्करीको सुई जताबाट घुमाए पनि माओवादी नेताहरु तिरै सोझिएको छ । पक्राउ परेका चिनियाँ नागरिकको उनीहरुसँग फोन सम्पर्क, खानपिन, बस उठ, नातासम्बन्ध र मित्रताले नै कसका आडमा तिनले नेपालमा आएर यति ठूलो अपराध गरिरहेका रहेछन् भन्ने छर्लंग हुन्छ,’ उनले भनेका छन, ‘छानबिन गर्ने रनगर्ने सरकारको कुरा भयो–यति ठूलो तस्करीमा कसको संलग्नता छ भन्नेमा अब कुनै दुविधा रहेन । ’

उनले सरकारले छानबिनलाई प्रभावित गर्ने काम पनि गरिरहेकोसमेत जनाएका छन । ‘अपराधको तहमा सरकारी निकायले गरिरहेका छानबिनलाई प्रभावित नगरी संसदीय छानबिन मात्र होइन, हिम्मत भए सरकारले न्यायिक आयोग गठन गरेर छानबिन गरोस्, सबै खुल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।