image
image
राष्ट्रलाई समृद्ध बनाउने सबैभन्दा ठूलो स्रोत भनेको नै वन हो : मन्त्री महतो

राष्ट्रलाई समृद्ध बनाउने सबैभन्दा ठूलो स्रोत भनेको नै वन हो : मन्त्री महतो

काठमाडौ, १३ साउन । प्राकृतिक स्रोतको सदुपयोगबाटै राष्ट्र समृद्ध बन्ने वन तथा वातावरण मन्त्री डाक्टर विरेन्द्र प्रसाद महतोले बताएका छन् । आज विश्व बाघ दिवसको सन्र्दभमा आज ललितपुरमा भएको कार्यक्रममा उनले प्रयाप्त सम्भावना भएर पनि नेपालले प्राकृतिक स्रोतबाट फाइदा लिन नसकेको बताएका हुन् ।

मन्त्री महतोले प्राकृतिक स्रोत साधानका अधिकतम सदुपयोग गर्ने हो भने देशको वेरोजगारी समस्या समाधान हुने उल्लेख गरेका छन् । उनले भने, ‘प्रकृतिलाई उत्पादनको रुपमा हेर्नु पर्छ हामीसँग भएको स्रोतलाई हामीले प्रयोग गर्न सकेनौ भने, त्यसलाई व्यवस्थापन गर्ने त्यसको प्रयोगबाट देशलाई समृद्ध बनाउने, रोजगारी निमार्ण गर्ने, नेपाल मात्रै एउटा यस्तो देशको जसले ४५ प्रतिशत वन संरक्षण गरेर पनि त्यसबाट केही फाईदा लिन नसकेको छ ।’ ‘राष्ट्रलाई समृद्ध बनाउने सबैभन्दा ठूलो स्रोत भनेको नै वन हो तर लिन सक्नु पर्छ व्यवस्थापन गर्न सक्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।