image
image

कोशी प्रदेशका मुख्यमन्त्रीको नियुक्ति सर्वोच्च अदालतले गर्यो खारेज

काठमाडौं, ११ साउन । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले रद्द गरिदिएको छ । कोशी प्रदेशसभा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले थापाको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै दायर गरेको रिटमामाथि आज सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति रद्द गरेको हो ।

उनी सभामुख बाबुराम गौतमको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, कार्कीले सभामुखको हस्ताक्षरले मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको भन्दै बदरको माग राखेर रिट दिएका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै पूर्ण इजलासले थापाको नियुक्ति बदर गर्दै पदमुक्त हुने आदेश दिएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।