image
image
साइवर सुरक्षा पोलिसी बनाएर क्याविनेटमा  पठाएका छौं : सञ्चारमन्त्री शर्मा

साइवर सुरक्षा पोलिसी बनाएर क्याविनेटमा पठाएका छौं : सञ्चारमन्त्री शर्मा

काठमाडौ, ११ साउन । साइवर सुरक्षा नीति मन्त्रिपरिषद्मा पुगेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले, साइवर सुरक्षा पोलिसी बनाएर क्याविनेट पठाइएको र अब केही दिनमै त्यो मन्त्रिपरिषद्ले पारित गरेर नीति बन्ने बताएकी हुन् ।

अहिले नेपालमा सूचना प्रविधिको विकास अनुरुपको नीति बन्न नसकेको उनको स्वीकारोक्ति छ । उनले भनिन् ‘साइवर सुरक्षा पोलिसी बनाएर क्याविनेट पठाएका छौं र क्याविनेटमा त्यो नीति बन्ने छ ।

अहिले के भइरहेको छ भने सूचना र प्रविधि क्षेत्र अगााडि अगाडि हाम्रा नीति नियम र काम पछाडि पछाडि जस्तो जुन अवस्था भएको छ, यसको हामी अन्त्य गर्न खोज्दैछौं । ’ उनले नयाँ पिढीलाई सूचना प्रविधिको सकरात्मक सहयोग लिन सक्ने गरी विकास गर्न र सरकारले यस क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको औल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।