image
image
सुन प्रकरणमा राज्यले सम्पूर्ण हिसाबले अनुसन्धान प्रक्रियामा सहयोग गर्छ : अर्थमन्त्री महत

सुन प्रकरणमा राज्यले सम्पूर्ण हिसाबले अनुसन्धान प्रक्रियामा सहयोग गर्छ : अर्थमन्त्री महत

 

काठमाडौ, ११ साउन । सुन प्रकरणको अनुसन्धानमा राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्ने अर्थमन्त्री डा.प्रकाशशरण महतको भनाई । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले सुन प्रकरणमा मेसिनको वा व्यक्तिको संलग्नता हो भन्ने छानबिन समितिले अनुसन्धान गरिरहेको भन्दै यसमा राज्य र अर्थमन्त्रीको सम्पूर्ण सहयोग रहने बताएका हुन् ।  

अर्थमन्त्री महते भने, ‘यो प्रकरणपछि केही कर्मचारीहरु निलम्बन भईसकेका छन् । मेसिनको कमजोरी हो कि व्यक्तिको संलग्नता हो कि अनुसन्धान भईरहेको छ । स्वतन्त्र रुपमा अनुसन्धानको प्रक्रिया अगाडि बढिरहेको छ । राज्यले सम्पूर्ण हिसाबले अनुसन्धान प्रक्रियामा सहयोग गर्छ र अर्थमन्त्रलालयले पूरा सहयोग गर्छ ।’

अर्थमन्त्री महतले अपराध गर्ने व्यक्तिहरुले नयाँ नयाँ प्रविधिहरु प्रयोग गर्न सक्ने भएकाले भन्सारमा रहेका प्रविधिहरुलाई पनि समयानुकूल अपग्रेड गर्नु पर्ने टिप्पणी गरे ।उनले भने,‘अपराध गर्ने मनसाय भएका र तस्करी गर्ने व्यक्तिले नयाँ नयाँ प्रविधिको प्रयोग गर्छन त्यसैले हाम्रो प्रविधिलाई त्यहि अनुसार अपग्रेड गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।