image
image
सुन तस्करी प्रकरण, कर्मचारी सरुवा गरेर जिम्मेवार निकायका प्रमुखलाई जोगाइँदै : रवि लामिछाने

सुन तस्करी प्रकरण, कर्मचारी सरुवा गरेर जिम्मेवार निकायका प्रमुखलाई जोगाइँदै : रवि लामिछाने

काठमाडौ, १० साउन । सरकारले सुन तस्करी प्रकरणमा कर्मचारी सरुवा गरेर जिम्मेवार निकायका प्रमुखलाई जोगाउन खोजेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भनाई छ । आज बसेको प्रतिनिधि सभामा उनले सुन प्रकरणमा ठूलो सेटिङ भएको दाबी गर्दै प्रमाण नष्ट गर्ने प्रयास भइरहेको आशंकाव्यक्र गरेका छन् ।

सभापति लामिछानले भने, ‘ क्वीन्टलका क्वीन्टल सुन आउनु र त्यो विषयमा सामान्य मानीस पक्राउ पर्नु जनताले अचम्म मानेका छैनन् वर्षौैदेखी सेटिङको आधारमा हुँदै आएको छ । यो सेटिङ नेपाली जनताले थाहा पाईसके। ’ तर यस्ता घटनामा सरकारले कर्मचारीलाई कारबाही गर्ने भन्दा पनि सामान्य सरुवा मात्रै गर्ने गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘जब यस्ता घट्नाहरु आउँछन् तब कर्मचारीहरु सरुवा हुन्छन् । सरकारलाई सोध्न चाहन्छु । सरुवा भनेको कारबाही हो? कारबाही गरेको हो कि सरुवा गरेर पुरस्कृत गरिएको हो । यस्तो गम्भीर विषयमा क्वीन्टलका क्वीन्टल सुन आउँने विषयमा विभिन्न निकायका प्रमुखहरुलाई तुरुन्त बर्खास्त गर्नुपर्ने हो कि केहि कर्मचारी सरुवा गरेर साटफेर गर्नुपर्ने हो ?’ उनले भने ।

सभापति लामिछानेले संसदमा प्रस्तुत गरिएको जरुरी महत्वको प्रस्तावमाथिको छलफल र त्यसप्रति सरकारको गम्भीरता हेरेर आफ्नो पार्टीले थप रणनीति बनाउने बताएका छन् । उनले
सरकार गम्भीर ढंगले प्रस्तुत नभए सरकारको दिन गन्ती सुरु हुने चेतावनी समेत दिएका छन् ।

सभापति लामिछानेले भने, ‘कुनै पनि विषयलाई गिजोल्ने मात्र होईन त्यसको अन्त्य र जरासम्म पुग्ने साहस लिएको भए ठिक छ । नत्र केही कर्मचारीहरु थुनेर सरुवा गरेर फाईल खोले झै गर्ने यतिवटा फाइल खोल्यौ भन्ने मात्र गरी फाईल खोल्न थाल्यो भने सरकारको दिन गन्ति सुरु हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।