image
image

नेपाल र बंगलादेशबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल हुँदै

काठमाडौँ, ३१, असार । राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । 

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ ।

बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।

नेपालका लागि सावित्रा भण्डारीले दोस्रो हाफको इन्जुरी समयमा नेपालको तर्फबाट बराबरी गोल फर्काएकी थिइन् ।

नेपालले १९औं एसियाली खेलकुदको तयारी स्वरुप बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।