image
image

एसीसी इमर्जिङ टिम्स कप : पाकिस्तान ‘ए’ सँग नेपाल ४ विकेटले पराजित

काठमाडौँ, २९, असार । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित भएको छ ।

शुक्रबार कोलम्बोस्थित कोलम्बो क्रिकट क्लब ग्राउण्डमा भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग ४ विकेटले हार व्यहोरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले जितका लागि दिएको १८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर भेटायो ।

नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामीले अर्धशतक प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।