image
image

थाइल्याण्डमाथि नेपालको २२५ रनको जित

काठमाडौँ, १३, असार ।  एसीसी यू–१६ इष्ट जोन कप क्रिकेटमा नेपालले थाइल्याण्डमाथि २२५ रनको विशाल जित हात पारेको छ । नेपाललाई जिताउन ब्याटिङतर्फ निरजकुमार यादव तथा नरेन भट्ट र बलिङतर्फ सन्तोष यादवले उत्कृष्ट प्रदर्शन गरे ।

मलेसियाको यूकेएम वाईएसडी क्रिकेट ओभलमा बुधबार सम्पन्न ३५ ओभरको खेलमा नेपालले दिएको २७० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १३.२ ओभरमा ४४ रनमै समेटियो ।

नेपालले ब्याटिङ र बलिङ दुवैमा शानदार प्रदर्शन गर्न सक्यो । कमजोर विपक्षी थाइल्याण्डविरुद्ध बलिङमा सुरुदेखि नै हावी भएको नेपालले थाइ ब्याटरहरुलाई लामो समयसम्म क्रिजमा टिक्न दिएनन् ।

थाइल्याण्डले ८.३ ओभरमा ३६ रन बनाउँदा तीन विकेटमात्र गुमाएको थियो । तर, बाँकी पाँच ओभरमा ८ रन थप्दा बाँकी ७ विकेट खेर फाल्यो ।

थाइल्याण्डका इशान बेनर्जीले सर्बाधिक १६ तथा दानुफोन फुआङयोटपिनिटले १२ रन बनाए ।

नाटपाखन मनोवनले ४ रन बनाउनुबाहेक थाइल्याण्डका ८ जना ब्याटरले रनको खाता खोल्नै सकेनन् । उसले १२ अतिरिक्त रन पाएको थियो ।

थाइल्याण्डको पारी ध्वस्त पार्न नेपालका सन्तोष यादवले शानदार बलिङ गरे । उनले ३.२ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर ५ विकेट लिए ।

अशोक धामीले ३ ओभरमा २ मेडन राख्दै ४ रन खर्चेर ३ विकेट लिए । कप्तान अभिशेक तिवारीले ४ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २६९ रनको योगफल खडा गरेको थियो । नेपालका लागि सूर्यांशु कोइराला र निरजकुमार यादवले ११० रनको सुरुवाती साझेदारी गरी नेपालको इनिङ बलियो पारेका थिए । निरजले ४३ बलमा ७४ रनको शानदार अर्धशतकीय पारी खेले । सूर्यांशुले ४० रन जोडे । मध्यक्रमका नरेन भट्टले ४३ बलमा अविजित ५५ रन बनाए ।

सन्तोष यादवले ३६ बलमा ४२ रनको योगदान गरे ।

बलिङमा थाइल्याण्डका इशान बेनर्जी, फनुवाट देशुङनोन र नटपाखन मनोवनले २–२ विकेट लिए ।

प्रतियोगितामा नेपाली टिम थाइल्याण्ड र मलेसियासँगै समूह ए मा परेको छ ।

सात टोली सम्मिलित प्रतियोगिताको समूह बीमा सिंगापुर, हङकङ, माल्दिभ्स र इण्डोनेसिया छन् ।

नेपालले आफ्नो दोस्रो खेल मलेसियासँग शुक्रबार खेल्नेछ । एसीसीले इस्ट्रन रिजनल प्रतियोगिताको नामबाट आयोजना गरेको यस्तै प्रतियोगिताको उपाधि नेपालले सन् २०१७ र २०१९ मा गरी दुईपल्ट जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।