image
image

करिब चार लाख नगदसहित तास खेलिरहेका १६ जना पक्राउ

काठमाडौं । आज नेपाल प्रहरीले तास खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ । भक्तपुर र नवलपरासीमा करिब ४ लाख नगदसहित तास खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा क्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथली बस्ने ४५ वर्षीय बिष्णु थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय राजन थापा क्षेत्री लगायत ८ जना रहेका छन् ।  महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीको अनुसार उनीहरुलाई नगद १ लाख ६५ हजार १ सय ८० रुपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, नवलपरासीको गैंडाकोट नगरपालिका १ मौलाकालिका गेट नजिकै होटल ग्रिन फोरेस्टमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय नवराज क्षेत्री लगायत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २५ हजार ५ रुपैयाँ, १ हजार ६ सय १० भारतीय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।