image
image

बेनी-जोमसोम सडक चैत १४ देखि १७ गतेसम्म बन्द हुने 

काठमाडौँ ।  कालिगण्डकी करिडोरअन्तर्गत बेनी/जोमसोम ७६ किमी सडक ४ दिनका लागि बन्द हुने भएको छ । सो सडकखण्डमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले यही चैत्र १४ गतेदेखि १७ गतेसम्म ४ दिनका लागि सडक आवागमन पुरै बन्द हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला सडक सुरक्षा समिति मुस्ताङको सोमबार बसेको बैठकले बेनी-जोमसोम सडक पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए । 

समितिले मुस्ताङ र म्याग्दीको सीमाना काभ्रभीर सडक स्तरोन्नति र मुस्ताङको थासाङ गाउँपालिका-४ को कैकु खोलामा सडक बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नु परेको जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय मुस्ताङले बेनी/जोमसोम सडक पूर्ण रुपमा बन्द हुँदा पर्ने असुविधा प्रति क्षमाप्राथी समेत प्रकट गरेको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।