image
image

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

काठमाडौँ, २९, जेष्ठ । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकले प्रधानन्यायाधीशका लागि सिफारिस हरिकृष्ण कार्कीविरुद्धका उजुरीको अध्ययन गर्नेछ ।

कार्कीविरुद्ध सुनुवाइ समितिमा २९ वटा उजुरी परेका छन् । आजको बैठकमा प्राप्त उजुरीबारे समितिका सदस्यहरूलाई जानकारी गराइने छ ।

समितिको जेठ १६ गतेको बैठकले कार्कीविरुद्ध उजुरीका लागि जेठ २६ गतेसम्मको समय दिएको थियो ।

उजुरीबारे प्रारम्भिक छलफलपछि समितिले उजुरीकर्तालाई बोलाउने छ ।  त्यसपछि कार्कीसँग बयान हुनेछ । कार्कीको बयान पछि सिफारिस सदर वा बदर गर्ने भन्नेबारे समितिले निर्णय लिने छ ।

गत वैशाख २५ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।