image
image

नेपाली महिला क्रिकेट टिमले पाकिस्तान र भारतसँग खेल्ने

काठमाडौँ, २५, जेष्ठ । एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत र पाकिस्तानको ‘ए’ टिमसँग खेल्ने भएको छ । 

प्रतियोगितामा थाइल्यान्डले नाम फिर्ता लिएपछि खेल्ने अवसर पाएको नेपाल समूह ‘ए’ मा छ । यस समूहमा नेपालसँगै भारत ‘ए’, पाकिस्तान ‘ए’ र घरेलु टिम हङकङ छन् ।

प्रतियोगितामा नेपालसहित आठ टिम सहभागि छन् । सहभागी टिमलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, युनाइटेड अरब इमिरेट्स (यूएई) र मलेसिया सहभागी छन् ।

जेठ २९ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपालले ३० गते पाकिस्तानसँग पहिलो खेल खेल्ने छ । नेपालले जेठ ३२ गते भारतसँग र असार २ गते समूह चरणको अन्तिम खेलमा हङकङसँग खेल्ने छ । समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।

प्रतियोगिताको फाइनल खेल असार ६ गते हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।