image
image

राष्ट्रिय सभा बैठकको समय सारियो

काठमाडौँ, २२, जेष्ठ । राष्ट्रिय सभाको सोमबारका लागि बोलाइएको बैठक २ घण्टापछि बस्नेगरी सरेको छ । सोमबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक अपरान्ह ३ बजेर १ मिनेटमा बस्नेगरी सरेको राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले जानकारी दिए । 

‘मिति २०८० साल जेठ २२ गते सोमबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ २२ गते सोमबार अपराह्न ३ः०१ बजे बस्ने गरी निर्धारण गरेको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सचिव अर्यालले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।