image
image

महाराजगञ्ज–बूढानीलकण्ठ सडकमा खाल्डैखाल्डा

काठमाडौँ। विद्युत् प्राधिकरणले प्रसारण प्रणालीलाई भूमिगत गर्ने काम समयमा सम्पन्न नगर्दा महाराजगञ्ज आसपासका सडक खाल्डैखाल्डा भएका छन् । प्राधिकरणले दुई वर्ष पहिले प्रणाली भूमिगत गर्न शुरु गरे पनि अझैसम्म सम्पन्न नगर्दा सडकको अवस्था खराब भएको सडक विभागले जनाएको छ । 

सो सडक मर्मतका लागि अहिले ठेक्का प्रक्रिया अघि बढाइएको छ । ठेक्का सम्झौता हुने क्रममा रहेको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताए । प्राधिरकरणले तार जमीनमुनि राखिसकेर सडक पुनःस्थापित गर्ने उनले बताए । प्राधिकरणले पहिले सम्झौतामा उल्लेख भएको समयमा पुनःस्थापना गर्न नसकेको उनले जानकारी दिए ।

गत आर्थिक वर्षमा झण्डै ४० किमी सडकमा मर्मत (ओभरले) गरेको डिभिजनले चालू आवमा झण्डै २० किमी सडकमा कालोपत्रको तयारी गरेको छ । डिभिजनले सडक मर्मतसँगै नयाँ सडकको निर्माणसमेत गर्दै आएको छ । निर्माण र मर्मत एकसाथ अघि बढाइरहे पनि अहिले महाराजगञ्ज–बूढानीलकण्ठ सडकका कारण नागरिकले डिभिजनसँग गुनासो गरिरहेका छन् । 

गत आवमा गौशाला–चाबहिल सडकका बारेमा धेरैले प्रश्न सोधिरहेका थिए । सयौँ वर्ष पुरानो पाइपको व्यवस्थापनमा लामो समय लागेकाले सो सडक निर्माणमा लामो समय लागेको थियो । चालू आवमा नागरिक र सरोकार राख्ने निकायले महाराजगञ्ज सडक ढिलाइका बारेमा प्रश्न उठाउने गरेका छन् । 

प्राधिकरणले दुई वर्ष पहिले ३० महीनामा सम्पन्न गर्ने गरी प्रसारण प्रणालीलाई भूमिगत गर्न शुरु गरेको थियो । यसका लागि प्राधिकरणले भारतीय कम्पनी केइआइ इन्डष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो । प्राधिकरणले काठमाडौँको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने लक्ष्यका साथ विसं २०७५ फागुन ६ गते ती कम्पनीलाई छनोट गरेको थियो । 

सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइएको छ । उक्त प्रविधि अपनाउँदा केही मिटरको दूरीमा दुई खाल्डा खनेर बीचमा भूमिगत तरिकाले नै पाइप हालिएको छ । ठाउँठाउँमा रहेका खाल्डाका कारण दुर्घटनाको जोखिमसमेत रहेको स्थानीयवासी बताउँछन् । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।