image
image

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजदेखि उत्पादन परिक्षण गर्ने

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजदेखि उत्पादन परिक्षण गर्ने भएको छ । आयोजनाले आजदेखि आगामी १६ गतेसम्म बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट स्टपलगायत हेडवक्र्सको परिक्षण गर्न लागेको हो ।

आयोजनाका अनुसार उक्त आयोजनाबाट गरिने परिक्षणका लागि बाँधमा पानी पठाउने र छोड्ने गरिनेछ । जसका कारण बाँध आसपास मानवीय कार्य जस्तै पौडी खेल्ने, लुगा धुने, माछा मार्ने, वस्तुभाउ लैजाने कार्य बन्द गनै आह्वान गरिएको छ ।

बाँधको तल्लो तटिय क्षेत्रहरु लामाबगर, छेतखेत, मान्थली, टुनीटार, जगतलगायतका क्षेत्रहरुमा नदीको पानी धेरैपटक घटबढ हुने बताईएको छ । बाँधमार्फत कुनैबेला ठुलो मात्रामा पानी छोड्नुपर्ने भई तल्लो तटीय क्षेत्रमा अप्ठ्यारो अवस्था सिर्जना हुने बताएको छ ।

यसका लागि आयोजनाले सुनकोशी दोभानसम्म तामाकोशीले छोएका सबै गाउँपालिकाहरुलाई पनि उक्त सूचना पठाईसकेको जानकारी दिएको छ । यो आयोजना नेपालकै इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो स्वदेशी योजना हो । विद्युत् क्षमता ४५६ मेघावाट रहेको यस परियोजनाबाट वार्षिक २ अर्ब १९ करोड युनिट विद्युत् उत्पादन हुने बताइएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।